प्राइम खबर संबाददाता | बैशाख २, २०७९ शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीबाट लामो समय देखि पत्रकारिता क्षेत्रमा कार्यरत रहेका रौतहट जिल्लाका बरिष्ठ पत्रकार प्रभातकुमार झा जनसेवा श्री बाट सम्मानित भएका छन ।
रौतहट जिल्ला कार्य क्षेत्र रहेर विगत २४ बर्ष देखि पत्रकारिता गर्दैै आएको झालाई गृह प्रशासनले उच्च मूल्याँकन गरेर नाम सिफारिस गरेको हुदाँ उनलाई विहिवार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विभुषण समारोहमा राष्ट्रपति भण्डारीले जनसेवा श्री पञ्चमबाट सम्मानित गरिएको हो ।राष्ट्रपतिबाट सम्मानित पत्रकार झा भन्छन्, “आज भएको विभुषण प्रदान अबको आउने पीढीका लागि प्रेरणको श्रोत बन्ने छ ।”
निष्पक्ष, निस्वार्थ भावनाले काम गरियो भने कसैले पत्याओस नपत्यायोओस तर राज्यको कुनै न कुनै अंगले अवश्य तपाईको कार्यको उच्च मूल्यांकन गर्ने छन् र एक दिन देशको सर्वोच्च सम्मान पाउन सकिन्छ । मोफसलमा रहेर पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण भएपनि निकै बाधा अवरोधको सामना गर्दै विगत २४ बर्षको पत्रकारिता गरेको तपस्याको फल आज प्राप्त भएकोमा उनले गर्व महसुस भएको बताएका छन् ।
गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा, स्वरसम्राट स्व नारायण गोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरिएको हो ।
विभूषण समारोहमा देशको विभिन्न क्षेत्रमा कार्यरत राष्ट्रसेवक कर्मचारी, उद्योगपति, संचार प्रतिष्ठानको प्रमुख, संचारकर्मीहरु, कलाकारकर्मी, सैनिक, प्रहरी, राजनितिकर्मी लगायत करिव ९ सय जनालाई राष्ट्रपति भण्डारीले विभूषणबाट विभूषित गरेकी हुन्।