प्राइम खबर संबाददाता | बैशाख ३, २०७९ शनिबार

रौतहटको चन्द्रपुर ३ स्थित भोलनटारमा शनिवार दिउँसो आगलागी हुदा ६ वटा घर सहित एउटा गोठ जलेको छ ।


आगलागीमा परी घरमा रहेका सवै समानहरु जलेर नष्ट भएका छन् । स्थानीय हस्त बहादुर स्याङतानको घरमा लाइटर पड्केर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उनको दुई वटा घर र गोठ तथा छिमेकीको घर समेत आगलागीमा परि जलेको हो ।



आगो निभाउन चन्द्रपुर, हरिवन , निजगढ नगरपालिकाको दमकल घटना स्थलमा पुगेका छन । शनिवार साढे २ बजे सम्मपनि आगो नियन्त्रणमा नआएको र निभाउने प्रयास जारी रहेको वडा अध्यक्ष बोध नाथ देवकोटाले जानकारी दिएका छन । आगलागीको घटनाबाट क्षतिको बिवरण आउन बाकी रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।