प्राइम खबर संबाददाता | बैशाख १६, २०७९ शुक्रबार

नेपाली कांग्रेसका चन्द्रपुर ६ का वडा अध्यक्षका उम्मेदवार नेत्र कुश्वार तिब्र रुपले कांग्रेसलाई जिताउन अहिले घरदैलो अभियानमा लागेका छन् ।

नेता कुश्वारले स्थानीय चुनावमा आफुले जिते चन्द्रपुरको अभिन्न अंग रहेको वडा नंबर ६ लाई समृद्ध र विकशित बनाउन पहल गर्ने बताएका छन् ।

वडा नं ६ स्थित रहेको हाट बजारलाई नमुना बजारको रुपमा स्थापित गर्दै व्यवस्थित मार्टको रूपमा रूपान्तरण गर्ने लक्ष्य आफ्नो रहेको बताउँदै वडा भरीको समग्र विकाशमा आफ्नो जोड हुने उनले  बताएका छन् । अस्तव्यस्त बनेको चन्द्रपुरलाई व्यवस्थित पनि कार्यपालिकामा आफ्नो विशेष भूमिका हुने उनले बताएका छन् । शुक्रबार मोथियाही टोलबाट घर दैलो सुरु गरेका कुस्वारले सयौको संख्यामा समर्थकहरू सहित मोथीयाही पुगेका उनलाई स्थानीयहरुले भव्य स्वागत समेत गरेका थिए । मोथियाहीलाई विशेष माया र स्नेह रहेको बताउँदै उनले आफ्नो पक्षमा मतदान गर्न अपिल समेत गरेका छन् ।

उनले आफ्नो आफ्नो योजनालाई सफल बनाउन आफुलाई भारि मत दिएर जिताउन समग्र वडावासीलाई आग्रह गरेका छन् । आफूले जित्दा आफ्नो जीत नभई समग्र वाडा बासीको जीत हुने उनको भनाई रहेको छ । घर दैलो अभियानमा कांग्रेस उपमेयर उम्मेदवार जयमाला चौधरी सहितको वडा नंबर ६ को  टोलीले कांग्रेस जिताउन अपिल गरेका हुन् ।