प्राइम खबर संबाददाता | जेठ १२, २०७९ बिहिबार

सर्लाहीको बिष्णु गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा वडा नं.६ बस्ने अन्दाजी ३६ वर्षिय शैलेन्द्र राम रहेका छन् । सोही वडाको सिमरामा बस्ने स्थानिय लालबाबु महतो कुश्वाहाले आफ्नै करेसाबारीमा लगाएको बिद्युतिय तारमा रामलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



घटनाका विषयमा आवश्यक अनुसन्धान कार्य भैरहेको छ भने करेसाबारी धनी कुश्वाहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छन् ।