प्राइम खबर संबाददाता | फागुन २, २०७७ आइतबार

काठमाडौं - रश्मी घिसिङले चार गोल गरेपछि त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला फुटबल लिगमा आइतबार चन्द्रपुर नगरपालिकालाई ६–१ ले पराजित गरेको छ । विभागिय टोलीलाई लिगमा आठौँ जित दिलाउन विमला चौधरीले दुई गोल थपिन् । चन्द्रपुरका लागि रजनी थोकरले एक गोल फर्काइन । 
सातदाबाटोस्थित एन्फा कम्पलेक्सको मैदानमा भएको खेलमा स्ट्राइकर रश्मीले १० औँ, २२ औँ, ५० औँ र ६१ औँ मिनेटमा गोल गरिन् । त्यस्तै मिडफिल्डमा खेल्ने विमलाले २३ औँ र ५६ औँ मिनेटमा गोल थपिन् । उता चन्द्रपुरकी फरवार्ड रजनीले पहिलो हाफको अन्तिम मिनेटमा सान्त्वना गोल गरिन् । 
जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लेको छ । राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङको प्रशिक्षणमा खेलिरहेको आर्मीले १० खेलबाट २५ अंक बटुलेको छ । समान खेल खेलेको वालिङ नगरपालिकाको १४ अंक रहेको छ । त्यस्तै लिग लिडर शसस्त्र प्रहरीको एपीएफको नौ खेलबाट २७ अंक छ । 
जितपछि आर्मीका प्रशिक्षक तामाङले आफ्नो टिमले ठूलो अन्तरले जित दर्ता गर्नुपर्ने बताए । ‘हामीले अझ धेरै गोल गर्नुपथ्र्यो । खैर महत्वपूर्ण तीन अंक प्राप्त ग¥यौ । समग्रमा म प्रदर्शनबाट खुशी छु,’ तामाङले भने । 
उता चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले पहिलो लीगको तुलनामा आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए । पहिलो लीग चन्द्रपुर आर्मीसँग १०–० ले पराजि भएको थियो ।