प्राइम खबर संबाददाता | जेठ १९, २०७९ बिहिबार
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।
जिल्लाको बागमती नगरपालिका–९ मा बुधबार दिउँसो निर्माण चोकबाट सोल्टीतर्फ गइरहेको बा ४४ प ८८३३ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोहि स्थानका २० वर्षीय हीरामन महराको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका महरालाई हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरतर्फ लानेक्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
दुर्घटनामा परेको मोटरसाइकल अत्यन्तै तीव्र गतिमा रहेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।