प्राइम खबर संबाददाता | जेठ २७, २०७९ शुक्रबार
नेपाली काँग्रेस निकट तरुण दलका चन्द्रपुर नगर सभापति गंगा ठोकरलाई पत्निशोक परेको छ । नेपाली काँग्रेसका मधेश प्रदेश महाधिबेशन प्रतिनिधि समेत रहेका युवा नेता एबम् चन्द्रनिगाहपुरका चर्चिंत समाजसेवीको रुपमा छबि बनाएका उनलाई पत्निशोक परेको हो । उनकी धर्मपत्नी बिदेश्ना श्रेष्ठको बिषादी सेबनबाट अल्पायुमै मृत्यु भएको परिवार श्रोतले जनाएको छ । बुधबार राती उनको बिरगंज स्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ठोकर परिबारले बताएका छन् । बिहिबार बौद्ध धर्मअनुसार शबको अन्तिम संस्कार गरीएको छ । उनको एक छोरी छिन । सभापति ठोकरकी पत्नी लाई श्रद्धान्जली दिन नेपाली काँग्रेसका नेता एबम् संघिय सांसद देब प्रसाद तिमल्सिना, प्रदेश सांसद धनलाल ठोकर,चन्द्रपुरका मेयर संजयकुमार काफ्ले, माओबादी केन्द्रका जिल्ला इन्चार्ज युबराज भट्राई , बृन्दाबनका पूर्ब मेयर रामस्नेही यादब लगायतका नेताहरु लगायतको बाक्लो उपस्थित रहेको थियो ।