प्राइम खबर संबाददाता | जेठ २९, २०७९ आइतबार
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् । नेपाल टे«ड युनियन काँग्रेसले उठाएका कतिपय माग पनि काँग्रेसको एकलौटी सरकार नभएकैले पुरा गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।
नेपाल टेड युनियन काँग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘एउटा कुरा के बुझ्नु प¥यो भने तपाईहरुले यो काँग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरुले यो धेरै क्लेम गर्ने कुरा छैन । अरु कतिपय तपाईहरुले अति महत्त्वपूर्ण कुराहरु उठाउनु भएको छ ।'
कतिपय बजेटमा आएका छन । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौं ।’ उनले श्रमिकहरुको हक, अधिकारको सुरक्षा र उनीहरुको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । पछिल्लो समय रुस–युक्रेन युद्धका कारण श्रम बजार प्रभावित भईरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा श्रमिकहरुको समस्या समाधानका लागि सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी रहेको बताए ।
प्रधानमन्त्री देउवाले विपन्न र अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरको हितका लागि सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको स्मरण गराए । प्रधानमन्त्री देउवाले श्रम ऐन २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता पनि जनाए । उनले सरकारले सामाजिक सुरक्षा कोषबाट सबैभन्दा बढि श्रमिकहरुलाई नै लाभान्वित हुने विश्वास लिएको पनि बताए ।