प्राइम खबर संबाददाता | असार ७, २०७९ मंगलबार
सर्लाहीमा धारिलो हतियारको प्रयोगबाट सोमबार राति एक युवकको हत्या भएको छ । जिल्लाको कविलासी नगरपालिका वडा नम्बर ८ अगर्वाका २४ वर्षीय युवक अमरेन्द्र ठाकुरको सोमबार राति हत्या भएको हो ।
धारिलो हतियार प्रयोग गरी घाटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको सर्लाही प्रहरीले जनाएको छ । मंगलबार बिहान स्थानीयले अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको बासबारी नजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।