सन्तोष काफ्ले | असार ८, २०७९ बुधबार

रौतहटको गढिमाई नगरपालिकाको आठौं नगर सभा भव्यताका सम्पन्न भएको छ ।
गढिमाई नगरपालिकाको सभाहलमा सो  नगरपालिकाको नगरसभा समपन्न भएको हो । नगरसभा को प्रमुख अतिथि रहेका नगर प्रमुख श्याम प्रसाद यादबले नगरको चौतर्फी बिकासका लागि आफूले ल्याएको बजेट लोक कल्याणकारी र नगरबासीको समृद्धी एबम् नगरपालीकाको बिकासका लागी महत्वपूर्ण रहेकोले जनतालाई चौतर्फी सेवा पुग्ने उनले बताए ।

नगरपालिकाको समृद्धिको आधार कृषि ,शिक्षा ,स्वास्थ्य र भौतिक पुर्वाधार भन्ने मुल नारा सहितको बजेट नगर प्रमुख यादबले प्रस्तुत गरेका छन्  । आ.ब.२०७९÷८० को लागि विनियोजित बजेट आन्तरिक आयलाई व्यवस्थित बनाउदै कृषि ,शिक्षा, स्वास्थ्य सहितको योजना प्राथमिकतामा रहेको चौतर्फी जनता लाई सेवा सुबिधा पुग्ने गढीमाई नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादबले बताएका छन् । सो नगरपालीकाको प्रबक्तामा नगर कार्यपालीका सदस्य समेत रहेका दिपेन्द्र श्रेष्ठलाई चयन गरीएको अधिकृत यादबले जानकारी दिएका छन् ।