प्राइम खबर संबाददाता | असार १४, २०७९ मंगलबार

रौतहटको चन्द्रपुर नगपालिकामा मौरी ब्लक विकास कार्यक्रम अन्तर्गत मौरीपालन सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। 
गत शनिबार देखि सुरु भएको उक्त तालिम सोमबार सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र रौतहटको सहयोग र प्रणामी कृषि तथा मौरी फर्मको आयोजनामा वडा नं ८ स्थित नगरपालिकाको कृषि विकाश शाखाको सभाहलमा सोमबार सम्पन्न भएको छ ।  वडा नम्बर ८ वडा अध्यक्ष जितेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा ३५ जना मौरी पालक कृषकहरुको सहभागिता रहेको थियो । 
तालिमले मौरीपालक कृषकमा विभिन्न कुराहरूको जानकारी लिन पाएको र तालिमबाट आफूहरु निकै प्रभावित भएको तालिममा सहभागीहरुले बताएका छन् । कृषि अध्ययन गर्दै गरेका विद्यार्थीहरू तथा कृषकहरुगरि ३५ जनाको सहभागिता रहेको सो तालिममा चन्द्रपुरका  कृषिशाखा प्रमुख उमेश चौधरीले सहजीकरण गरेका थिए । 
 सहभागीलाई मौरी पालक कृषक संघका मधेश प्रदेश संयोजक समेत रहेका आयोजक फर्मका सञ्चालक रत्न दास खतिवडाले मौरीलाई लाग्ने रोग र त्यसको उपचारको उपाय तथा महको प्रयोग र उपयोगिताबारे समेत जानकारी गराउँदै मौरी बिमाको बारेमा समेत जानकारी प्रदान गरिएको रौतहट मौरी ब्लक कार्यक्रमका संयोजक मनोज बजगाईले बताए । 




​​​​​​