प्राइम खबर संबाददाता | असार १४, २०७९ मंगलबार
पर्सामा एकजनाको चट्याङ लागेर मृत्यु भएको छ । जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ औँराहा रेन्ज निवासी ३० वर्षीय हरिन्द्र दास थारुको मंगलबार पानी परेको बेला दिसो ३:३०मा खेतमा कोदालो चलाउँदै गर्दा चट्याङ् लागि मृत्यु भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक किशोर आचार्यले बताए । प्रहरी निरीक्षक आचार्यको नेतृत्वमा घटनाको स्थलगत मुचुल्का तयार गरि शव पोस्टमार्टमको लागि नारायणी उप क्षेत्रीय अस्पताल बिरगंजमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।