प्राइम खबर संबाददाता | असार १५, २०७९ बुधबार

महिलालाई प्रेमजालमा फसाएर लुटपाट लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। चन्द्रपुर स्थित पराठा एण्ड गेष्ट हाउसमा महिलालाई ल्याएर दुई लाख ९० हजार बराबरको सुनको गहना लुटेर फरार रहेका ३६ बर्षिय एक युवकलाई रौतहट प्रहरीले पक्राउ गरेर कारवाही अगाडी बढाएको छ ।


समाजिक संजालको माध्यमबाट युवकको प्रेमजालमा परेकी महोत्तरीकी एक महिलालाई चन्द्रपुर ४ स्थित चपुर पराठा एण्ड गेष्ट हाउसमा रेडबुल खान दिई बेहोस भएपछि निज महिलाले लगाएको सुनका गरगहनाहरु लुटेर भागेका बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्वर ४ खुटवा प्रसौनीका ३६ बर्षिय महमद रफिक रायभटलाई रौतहट प्रहरीले अनुसन्धान पछि मंगलवार समातेर हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।



गत बैशाख ५ गते साढे १ बजेको समयमा चपुर पराठा एण्ड गेष्ट हाउसमा एक अपरिचित व्यक्तिले महोत्तरी बस्ने महिलाको नाममा कोठा बुक गरेर ल्याएका थिए । ति महिलालाई रेडबुलमा नसाको औषधी मिलाएर खुवाउदा उनी वेहोस भएपछि महिलाले कान, मंगलसुत्र, सुनको तिलहरी, सुनको मुन्द्रा गरेर करिव २ लाख ९० हजार बराबरको गहना लिएर फरार भएको प्रहरी रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।

प्रहरी अनुसन्धानको क्रममा अभियुक्त भाट सो दिनदेखि उक्त घटना घटाई फरार रहेको भनी बुझीन आएकोले पक्राउ गरेर अदालतबाट म्याद थप गराएर आवश्यक अनुन्धान भईरहेको रौतहट प्रहरीले जनाएको छ ।