प्राइम खबर संबाददाता | असार १८, २०७९ शनिबार
रौतहटको चन्द्रपुर नगरपालिका स्थित चन्द्रनिगाहपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । चन्द्रनिगाहपुरमा मिठाई पसल सञ्चालन गर्दै आएका उमा शंकर प्रसाद चौरसिया की ३५ वर्षीय श्रीमती चन्द्रावती देवी चौरसिया शनिबार बिहान आफ्नो कोठामा सुतेर पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले श्रोतले बताएको छ । स्थाई ठेगाना पर्साको विन्धवासिनी नगरपलिका वडा नं २ केहुनीया बरुवा टोल घर भएका चौरसिया परिवार चन्द्रपुर ४ स्थित शम्भु साह कलवारको घरमा भाडामा बस्दै आएका थिए । मृतकको श्रीमान आफ्नो घर पर्सा गएको अवस्थामा सो घटना घटेको उनको परिवार श्रोतले बताएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको र मृतकको शवलाई पोष्टमार्टमका लागि लैजाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।