प्राइम खबर संबाददाता | असार १८, २०७९ शनिबार
बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीय बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते गुरुङको अवस्था गम्भीर रहेको जनाएको छ ।