प्राइम खबर संबाददाता | असार १९, २०७९ आइतबार
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडा नम्बर –७, गैरिया टोलका सुरेन्द्र साहका छोरा १० वर्षीय निखिल साह रहेका छन् । शनिबार साँझ बीआर ३० एस ८५६७ भारतीय नम्वरको मोटरसाइकलले ठक्कर दिंदा निखिल गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका उनको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको सर्लाही जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । दुर्घनामा संलग्न मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।