प्राइम खबर संबाददाता | असार २६, २०७९ आइतबार

   चन्द्रनिगाहपुर स्थित माउन्ट एभरेस्ट आवसिय माध्यमिक बिद्यालयको आयोजनामा SEE दिएर बसेका विद्यार्थीहरुका लागि  बिषय बिज्ञद्वारा विशेष अभिमुखिकरण कार्यक्रम तथा शैक्षिक भेला सम्पन्न भएको छ।


   शनिबार सम्पन्न उक्त कार्यक्रममा बिषयका विशेषज्ञ भौतिकशास्त्री शिवजी तिवारी, कानुन बिषयका विशेषज्ञ तथा लिगल लेजेन्ड प्रालिका प्रबन्ध संचालक दर्शन बराल , ब्यबस्थापन बिषय विशेषज्ञ सरद सर्मा ढुंगेल र होटल म्यानेजमेन्ट विशेषज्ञ तथा सि.सि.एच. एमका प्रबन्ध संचालक रबिन्द्र बुढाथोकी लगायतका विशेषज्ञद्वारा अभिमुखिकरण सप्पन्न भएको हो।



कार्यक्रमको सभापतित्व माउन्ट एभरेस्ट आवसिय माध्यमिक बिद्यालयका प्रबन्ध संचालक उमेश बस्कोटाले गरेका थिए भने प्रमुख अतिथिमा चन्द्रपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दिपेन्द्र कुमार मण्डल तथा अतिथिहरुमा चन्द्रपुर नगरपालिका अन्तर्गत पर्ने बिद्यालयका संचालक तथा प्रधानाध्यापकहरुको सहभागिता भएको थियो।

      कार्यक्रममा चन्द्रपुर नगरपालिकाबाट SEE परिक्षा दिएका विद्यार्थीहरुको ठुलो संख्यामा सहभागीता रहेको आयोजक विद्यालयले जनाएको छ।