प्राइम खबर संबाददाता | असार २६, २०७९ आइतबार
आज मुस्लिम धर्मावलम्बीहरुको दोस्रो महान् पर्व बकर ईद अर्थात इद उल जोहा मनाउदै छन् । मुुस्लिम समुदायमा इद उल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि रहिआएको छ ।
मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने समेत प्रतलन रहिआएको छ । यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्ने गर्दछ ।
यस पर्वको अवसरमा नेपाल सरकारले देशभर आज सार्वजनिक बिदा समेत दिएको छ ।