प्राइम खबर संबाददाता | असार २७, २०७९ सोमबार

सामाजिक सञ्जाल फेसबुक मार्फत रकम ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय चितवनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) स्थित गैडाकोट नगरपालिका ११ की २६ वर्षीया सम्भावी पौडेललाई पक्राउ गरेको हो।


पौडेलले भरतपुर महानगरपालिका १ का ५३ वर्षीय एक पुरुषसँग फेसबुकमा साथी बनेपछि २६ लाख ४५ हजार ७ सय रुपैयाँ ठगीको आरोप लागेको छ। ठगी गरेसंगै उनी फरार रहेकी थिइन्। उनलाई चितवन प्रहरीले १८ गते पक्राउ गरेको हो। अहिले अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।