प्राइम खबर संबाददाता | असार ३१, २०७९ शुक्रबार

मधेश प्रदेशका  सांसद धनलाल ठोकरले आफ्नो निर्वाचन क्षेत्रमा रहेको नव निर्मित पोखरी उद्घाटन गरेका छन् । बिहीबार सांसद ठोकरले आफ्नो निर्वाचन क्षेत्र रौतहट ४ (क) मा भु - तथा जलाधार संरक्षण, प्रवद्र्धन एबम् सौन्दर्यिकरण कार्यक्रम अन्तर्गत विनियोजित बजेट रकमबाट नवनिर्मित पोखरी तथा सौन्दर्य पार्कको चन्द्रपुर वडा नंबर ७ बनबहुअरीमा पोखरीको बिहिबार औपचारिक रूपमा उद्घाटन गरेका हुन् । नव निर्मित उक्त पोखरीमा छठघाट समेत निर्माण भएको हुँदा स्थानीयहरुको धार्मिक पर्यटनको विकाससँगै आन्तरिक पर्यटनलाई समेत टेवा पुग्ने सांसद ठोकरले बताए । प्रत्येक प्रदेश सांसदले आफ्नो निर्वाचन क्षेत्रमा एक एकवटा पोखरी सौन्दर्यकरणको योजना सञ्चालन गर्न पाउने व्यवस्था भएपनि ८ वटा प्रदेश सभा क्षेत्र रहेको रौतहटमा अन्य स्थानमा त्यति पारदर्शी रूपमा काम भएको नदेखिएको भन्ने आरोप लागिरहेको बेला सांसद ठोकरले भने आफ्नो योजनाको काम समयमा नै सम्पन्न भएको उनले बताए । उक्त योजना १९ लाखको लगानीमा उपभोक्ता समिति मार्फत  सम्पन्न भएको हो ।