प्राइम खबर संबाददाता | असार ३०, २०७९ बिहिबार

दीपक विश्वकर्मा


कैलाली जिल्ला को टीकापुरको खडक चोकमा गभर्नर बर्खास्तीका माग गर्दै अखिल (क्रान्तिकारि)ले विरोध प्रदर्शन गरेको छ।



     अखिल (क्रान्तिकारि) कैलालीको आयोजनामा गभर्नर तथा एमाले नेता यम अधिकारी बिरुद्द एक कार्यक्रम गरि टिकापुरको खडक चोकमा विरोध प्रदर्शन गरेका हुन ।

  दर्जनौंको संख्यामा उपस्थित विरोधकर्ताहरुले गभर्नर वैध नभएको र पार्टीको कार्यकर्ता भएको हुदा बर्खास्तीको माग गर्दै चर्को विरोध गरेकाे अखिल (क्रान्तिकारि) कैलालीका अध्यक्ष शिवराज सञ्ज्यालले बताए । विरोध कार्यक्रममा अखिल (क्रान्तिकारि) केन्द्रीय सचिवालय सदस्य एवम कैलाली जिल्ला इन्चार्ज पदम काफ्लेले उक्त कार्यक्रममा बोल्दै “नेपालराष्ट्र बैक सञ्चालनको निमित्त बनेको नेपाल राष्ट बैक ऐन २०५८ को दफ २१ उपदफा (क ) मा भनियको छ गभर्नर ,डिपुटी गभर्नर सञ्चालन पदमा तथा नियुक्त व्यक्ति राजनिती दलको सदस्य वा पदाधिकारी भएमा नियुक्त हुनु अयोग्य ठहरिने र उनले प्राप्त गरेको दलिय जिम्मेवारिले नेपाल राष्ट बैंक ऐन २०५८ को उल्लेखीत दफाको उल्लघंन गरि कानुनको धोजी उडायको हुदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार माग आफ्नो रहेको छ” उनले बताए । राष्ट्रहितलाई तीलाञ्जली दिएर दलको कार्यकर्ता बनेका अबैधानिक गभर्नर लाई तत्काल बर्खास्त नगरिए आन्दोलनको आधिबेरी सिर्जना गर्न आफूहरु बाध्य हुने चेतावनी अखिल क्रान्तिकारीले दिएको छ।