प्राइम खबर संबाददाता | असार ३१, २०७९ शुक्रबार
वागमती नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका दुई बालकको शव फेला परेको छ ।
दुर्गा भगवती गापा ३ मत्सरीका मनोज झाको १३ बर्षिय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासको नाति बर्ष १३ को आदित्य दासको शव फेला परेको हो ।
दुबै बालक सहित ६ जना विहिवार योजना बनाएर पाठ्यपुस्तक लिई वागमती नदिमा नुहाउन विहान साढे ७ बजे गएका थिए । केही समयपछि अभिभावकहरु खोजतलास गर्दै जाँदा लुगा, पाठ्यपुस्तक, साईकल, चप्पल बागमती किनारमा फेला परेको भएपछि बिहीबार ११ बजे देखि नै गाउका स्थानीय एबम् प्रहरीको सक्रियतामा खोजतलास सुरु भएको थियो ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना सहित स्थानिय बासिन्दाहरुले निकै खोजतलास गरेपनि राति अबेर सम्म फेला नपरेपछि अँध्यारोको कारण खोज्ने अभियानलाई थाती राख्दै
शुक्रबार विहानै देखि खोज्ने अभियान अन्तर्गत दुर्गा भगवतिकै वडा नम्बर ३ देखि दक्षिणमा बालक दासको र वडा नम्बर ५ बडहर्वा नजिक निर्माणाधीन पुलको बायाँ बालक झाको शव फेला परेको रौतहट प्रहरीले जनाएको छ । दुवै लास पोस्टमार्टमकाे लागि अस्पताल लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।