प्राइम खबर संबाददाता | साउन ३, २०७९ मंगलबार
नेपाली कांग्रेस रौतहटका युवानेता एवम् शिक्षाप्रेमी युवाको रूपमा परिचित चन्द्रपुरका देवराज कार्कीले एक विद्यालयमा विभिन्न सामग्रीहरू वितरण गरेका छन् ।
नेता कार्कीले आफ्नो छोरा दिवस जंग कार्कीको छैठौं जन्मोत्सवको अवसरमा मङ्गलबार चन्द्रपुर नगरपालिका वडा नम्वर २ स्थित कुसुवार टोलमा अवस्थित श्री दीपज्योति आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक, टाई, बेल्ट र जुत्ता मोजा सहितका सामग्रीहरू सहयोग गरेका हुन् ।
न्यून आय भएका र प्राय विपन्न परिवारका छोरा छोरीहरू अध्ययन गर्ने उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले उक्त सामग्रीहरू पाएपछि खुशी व्यक्त गर्दै समाजमा यस्ताखाले सहयोगी हातहरु शिक्षाको क्षेत्रमा विकास र विस्तारका लागि उदहारणयोग्य भएको बताए । सो विद्यालयका अभिभावकहरू लगायत स्थानीयबासीले समेत नेता कार्कीको सहयोग प्रति प्रशंसा व्यक्त गरेका छन् ।
आधारभूत तहमा अध्यनरत सो विद्यालयका १ सय २५ जना छात्र छात्रालाई सो शैक्षिक सामग्रीको प्याकेज वितरण गरिएको सहयोगकर्ता कार्कीले बताए। कार्यक्रममा चन्द्रपुर नगरपालिकाका कार्यपालिका सदस्य कल्याण राज कुस्वार , विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृति विक्रम कुस्वार, शिक्षक कर्मचारी लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । उक्त सहयोग कार्यक्रममा चन्द्रपुर ७ निवासी युवा व्यवसायी देवराज अधिकारीको समेत विशेष सहयोग रहेको उनले बताए ।