प्राइम खबर संबाददाता | साउन ५, २०७९ बिहिबार

  लागुऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । बुधबार राति १० बजे  हरिपुरबाट २ जना शंकास्पद ब्यक्ति आउँदै गरेको सुचनाको आधारमा चेक जाँच गर्दा लागू औषध फेला परेपछि २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका ३ का  ३५ वर्षीय  दिपक खत्री र काभ्रेपलाञ्चोक रोशि गाउँपालिका ४ का  २६ वर्षीय बिजय लामा रहेका छन । उनिहरुलाई ना २०प ९३७ नम्बरको मोटरसाईकलमा भित्री सडकबाट भाग्न खोज्दा हरिवन ९ दनुवारिबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।


पक्राउ परेकाहरूको साथबाट ४ सय ९५ एम्पुल डायजेपाम, ५ सय एम्पुल फेनेरागन, १ सय ४४ वटा स्पास्मो प्रोक्सिभोल प्लस नामक क्याप्सुल र लेबल र नाम नखुलेको ५ सय एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।



उनिहरुलाई लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएपी बिजय यादवले बताए ।