प्राइम खबर संबाददाता | साउन ६, २०७९ शुक्रबार

नेपाली कांग्रेसले मधेस प्रदेशमा साउन ८ गते अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्य समितिद्धारा आयोजित स्थानीय निकायमा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम हुने नेपाली कांग्रेस सूचना संचार तथा प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।


आगामी आईतबार हुने उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय उप–सभापति तथा पूर्व गृहमन्त्री पूर्ण बहादुर खड्का रहेका छन् ।



  मधेश प्रदेश सभापति कृष्ण प्रसाद यादबको अध्यक्षतामा हुने उक्त कार्यक्रममा विशेष सम्बोधन सहितको प्रशिक्षण कार्यक्रमको आयोजना हुने भएको हुँदा उपस्थितको लागि मधेस प्रदेश भित्र रहेका पार्टी केन्द्रीय सहमहामन्त्री , केन्द्रीय सदस्य एवं सम्पूर्ण मधेस प्रदेश कार्यसमिति पदाधिकारीहरु, जिल्ला सभापति , क्षेत्रीय सभापति, क्षेत्रीय प्रदेश कार्यसमितिका सभापति, नेपाली कांग्रेस बाट स्थानीय तहमा निर्वाचित मेयर , उपमेयर, अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्षहरूलाई समेत उपस्थितिको लागि निमन्त्रणा गरिएको प्रचार विभाग प्रमुख गुप्ताले बताए।