प्राइम खबर संबाददाता | साउन ६, २०७९ शुक्रबार

रौतहटमा बिपि कोइरालाको ४० औँ स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो ।

  शुक्रवार चन्द्रपुर ६ स्थित रहेको जिपी उद्यान डावरि पार्कमा एक कार्यक्रमको आयोजना गरी वृक्षारोपण गरिएको नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए ।



 मञ्चको जिल्ला अध्यक्ष अधिकार लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त वृक्षारोपण कार्यक्रम विभिन्न प्रजातिका गरी २ सयको संख्यामा वृक्षारोपण गरिएको अध्यक्ष लामिछानेले बताए । कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सभा सदस्य धनलाल थोकरले विपीको नाममा बर्सेनि वृक्षारोपण गरिँदै आएको भएता पनि त्यसको उचित संरक्षण हुन नसक्दा अर्थविहिन बनिरहेको बताउँदै रोप्ने मात्र गर्ने होइन यस्को उचित संरक्षणमा सवै मिलेर लाग्नु पर्ने ठोकरको भनाइ रहेको थियो ।

 कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।