प्राइम खबर संबाददाता | साउन ७, २०७९ शनिबार

नेपाली कांग्रेस चन्द्रपुर नगर कार्यसमितिले नेपाली कांग्रेसका नव निर्वाचित उपसभापति पूर्ण बहादुर खड्कालाई स्वागत गरेको छ । उपसभापतिमा निर्वाचित भएर पहिलो पटक रौतहट आएका पूर्व गृहमंत्री समेत रहेका खड्कालाई  नगर समितिले स्वागत गरेको नगर सभापति मुकेश गिरीले बताए । 
नेपाली कांग्रेस मधेश प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी हुन मधेश झरेका खड्कालाई चन्द्रपुर नगर समितिले आसन्न संघ र प्रदेशको निर्वाचनमा पार्टीको धारणा र रणनीतिबारे जिज्ञासा राखेको थियो । कार्यक्रममा बोल्दै उपसभापति खड्काले  वर्तमान सत्ता गठबंधन अग्रगामी सोच र विचारको साथै विकास र समृद्धिको संवाहक भएको हुँदा निर्वाचनमा सत्ताधारी दलबीच गठबंधन कायम हुने सम्भावना रहेको बताए ।  नेपालको निर्वाचन प्रणाली मिश्रित प्रणाली भएको कारण एकल बहुमत कसैको पनि आउन नसक्ने दाबी गर्दै सरकार बनाउन दुई वा दुईभन्दा बढी दलको समीकरण आवश्यक पर्ने अवस्था हुने हुँदा वर्तमान सत्ता गठबन्धनका घटहरुबिच तालमेल हुने उनले आशय व्यक्त गरे । 
नगर सभापति मुकेश गिरिको अध्यक्षतामा शनिबार भएको  स्वागत कार्यक्रममा मधेस प्रदेश सभापति कृष्ण प्रसाद यादब, प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमसिना, रौतहट जिल्ला सभापति जितेन्द्र कुमार यादव, क्षेत्रीय सभापति राम स्नेही यादव लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको क्षेत्र नंबर ४ का क्षेत्रीय सचिव कृष्ण प्रसाद हुमागाईले बताए ।