प्राइम खबर संबाददाता | साउन ८, २०७९ आइतबार
नेपाली कांग्रेस, मधेश प्रदेश कार्यसमितिको आयोजनामा स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा एक दिने अभिमुखीकरण कार्यक्रम महोत्तरीको बर्दिबासमा सुरु भएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको प्रमुख आतिथ्य तथा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको अध्यक्षतामा आयोजित जनप्रतिनिधिलाई सम्मान एवं अभिमुखीकरण कार्यक्रममा पार्टीका सहमहामन्त्री महेन्द्र यादव, आनन्द ढुङ्गाना, जिल्ला सभापति, प्रतिनिधि सभाका सांसद, प्रदेश सांसद, पालिका प्रमुख तथा उपप्रमुख लगायतको उपस्थिति रहेको उक्त कार्यक्रम साँझ ५ बजेसम्म चल्ने मधेश काँग्रेसका प्रचार बिभाग प्रमुख नितेश कुमार गुप्ताले बताएका छन् ।