प्राइम खबर संबाददाता | फागुन ७, २०७७ शुक्रबार
रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा चन्द्रपुर मेयर कप राष्ट्रिय कराते प्रतियोगिता आजबाट सुरु भएको छ । दुई दिन सम्म चल्ने प्रतियोगिताको चन्द्रपुर नगरपालिका मुख्य प्रायोजक रहेको छ । प्रतियोगितामा पुरुष कराते खेलाडीको सहभागिता रहेको आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।
प्रतियोगितामा हरेक जिल्ला छनौट हुदै प्रदेश छनौट भएर आएका पुरुष कराते खेलाडीहरुको सहभागिता रहेको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले बताए ।
पुरुष २५,३०,३५,४०,४५,५०,५५,६०,६५ किलो तौल समुह र एकल काताको खेल रहेकाे प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३ हजार दोस्रो हुने नगद २ हजार र तेस्रो हुने खेलाडीले नगद एक एक हजार प्रप्त गर्ने छन् । सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले प्रतियोगितामा खेल्ने छन् । हरेक तौल समुहमा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडीले नगद पुरस्कर ,मेडल तथा प्रमाणपत्र पाउने छन् ।
चन्द्रपुर नगरपालिकाको सहकार्यमा यस भन्दा पहिला गत मंसिरमा समेत महिला राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भईसकेको छ ।