प्राइम खबर संबाददाता | साउन १८, २०७९ बुधबार

रौतहटको कटहरीया नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा किरण निधि तिवारी हाजिर भएर आएका छन् ।  बुधबार नगरपालिकाको सभाहलमा आयोजित स्वागत तथा पदस्थापन कार्यक्रममा कटहरीया नगरपालिकाका प्रमुख अजयप्रकाश जयसवाल,उपप्रमुख रीतादेवी यादब लगायतले फुलमाला एबम् खादा ओढाएर स्वागत गरेका छन्  ।  स्वागत कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
नगरप्रमुख जयसवालको अध्यक्षतामा भएको उक्त कार्यक्रमा  नगर उपप्रमुख रीतादेवी यादबले  स्वागत मन्तव्य राख्दै  प्रमुख प्रशासकिय अधिकृत तिवारीको सफल कार्यकालको शुभकामना ब्यक्त गरेकी छन् ।  कार्यलय प्रमुखको रुपमा पदभार सम्हालेका तिवारीले परिचय संगै स्थानीय तहमा आफ्नो अनुभव , आगामी कार्ययोजना एबम् प्रतिबद्धता समेत  व्यक्त गरेका छन् । उनले नगरपालिकामा सुशासन र अधिकतम प्रबिधिमैत्री  सेवा प्रवाह मुख्य प्राथमिकताको विषयमा प्रतिबद्धता व्यक्त गरेका हुन् । कटहरीया नगरपालिकामा यस अघि प्रमुख प्रशासकिय अधिकृत नहुदाँ निमित्तका भरमा कार्यालय चल्दै आएको भएतापनि नगरपालिकाको कामकाज चुस्त दुरुस्त रुपले हुन नसकेको गुनासो कटहरीयाबासीको रहदै आएको थियो ।