प्राइम खबर संबाददाता | साउन १९, २०७९ बिहिबार

मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यकक्षमा  देखाएको चर्तिकला सामाजिक सन्जालमा भाईरल बनेको छ ।
उनले कार्यालयको मर्यादा र अनुशासनलाई समेत मिचेर टिकटक बनाउदै गरेको भिडियो र फोटो सार्वजनिक भएको छ । आफ्नो कार्यकक्षभित्रै कुर्शीमा टिकटक बनाउँदा चौतर्फी आलोचना हुन थालेको छ ।
नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई समेत बिर्सिएर अधिकृत साह र उनँकी श्रीमती  सहित उनले आफ्नो सरकारी  कार्यालयलाई नै  नांचगान गर्ने थलोको रुपमा प्रयोग गरेको फोटो भाइरल भएपछि खुलेको हो ।
सो नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नै श्रीमतीसँग टिकटक बनाएको भएतापनि एउटा सरकारी कार्यालयमा आफ्नो नेमप्लेटको समेत ख्याल नै नगरी  कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएपछि जनस्तरमा उनको चर्को आलोचना भइरहेको छ ।
केही दिन अगाडि अधिकृत साहकी श्रीमतीले उनको पदीय कुर्सीमा साहको काखमा बसी टिकटक भिडियो बनाएर सार्वजनिक गरेको देखिन्छ ।
नगरपालिका कार्यालयको प्रतिष्ठा र मान मर्यादालाई बिर्सिएर अधिकृत साह र उनकी श्रीमती ले कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो ।
मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो श्रीमतीसँग आफ्नै कार्यकक्षमा टिकटक बनाउदै गरेको फोटो सार्वजनिक भएपछि बिभिन्न टिकाटिप्पणीहरु चल्दै आएका छन् । केही दिन अगाडि अधिकृत साह नगरपालिकाको प्रतिष्ठा र आफ्नो मान मर्यादालाई खिल्ली उडाउँदै  आफ्नो पदीय कुर्सीमा बसी श्रीमतीलाई काखमा राखि टिकटकमा मस्त  भई अभिनय गर्दै गरेकोे फोटो र भिडियोमा देख्न सकिन्छ ।
साह करिब डेढ बर्ष देखि सो पदमा कार्यरत भएकाले उनँले नगरपालिकालाई आफ्नो घर सम्झेर आफ्नो पदीय गरिमालाई समेत धज्जी उडाएको यस फोटोले बुझिन्छ भन्नेहरुको जमात पनि जिल्लामा निकै देखिन्छन् ।
केही दिन अगाडि उनकी श्रीमती सहित आफ्नो पदीय कुर्सीमा बसेर बनाएको टिकटक भिडियोबाट सो फोटो बाहिर आएको बुझिएको छ । चौतर्फी आलोचनाका कारण हाल यो भिडियो टीकटकबाट उनीहरुले हटाएका छन्  ।
पछिल्लो समय  नेपालका सरकारी कार्यालयको कर्मचारीहरुले कार्यालयलाई टिकटक बनाउने अखडा बन्न थालेको भन्दै कुरा उठिरहेको बेला मौलापुर नगरपालिका कै कार्यालय प्रमुखबाट पदिय मर्यादाको दुरुपयोग भएको हुदाँ  उनलाई नगरपालिकाले स्पष्टीकरण लिनुपर्ने स्थानिय भोला पाण्डेय बताउछन् । अहिले उक्त भिडियोका फोटोहरु सामाजिक सञ्जालहरुमा मा भने भाइरल बनेको छ । सो नगरपालिका पूर्ब मन्त्रि समेत रहेका एमाले नेता प्रभु साहको गृह पालिका हो । शुसासनको रटान रटेर नथाक्ने पूर्ब मन्त्री साहकी श्रीमती सो नगरपालिकाको नगर प्रमुखको रुपमा बिराजमान छिन् । नगरप्रमुख साहले कर्मचारी प्रशासन चुस्त दुरुस्त राख्न गरेका प्रयासहरु समेत अधिकृत साहका कारण निरर्थक बनेको आरोप लागेको छ । 
मौलापुर नगरपालिकामा लामो समयदेखि उपसचिब स्तरको प्रमुख प्रशासकिय अधिकृत नहुदा नगर प्रमुखको नजिकको कर्मचारी भएकै कारण निमित्तको रुपमा कार्यालय प्रमुखको जिम्मेवारी साहलाई दिलाउदैआएको स्थानियबासीहरु बताउछन् ।  पछिल्लो समय टिकटकका कारण झन् चर्चा बटुलेका उनी सो नगरपालिकाका प्राबिधिक तर्फका कर्मचारी  हुन् ।