प्राइम खबर संबाददाता | साउन २८, २०७९ शनिबार

चन्द्रपुर उद्योग वाणिज्य संघको सपथ ग्रहण कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने सबै वक्ताहरुले नयाँ  कार्यसमितिमा महिलाई सहभागी नगराएको प्रति आपत्ति जनाएका छ्न । शनिबार चन्द्रनिगाहपुर स्थित हिमालयन होटलमा सम्पन्न सपथ सो सपथ ग्रहण कार्यक्रममा पदभार ग्रहण गर्ने नव निर्वाचित सदस्य र अतिथिहरु मात्र सहभागि थिए । नगर उद्योग बाणिज्य संघले  नगर क्षेत्रका ब्यापारीहरु नसमेटी कार्यक्रम गरेको भन्दै केहि ब्यापारीहरुले समेत टिका टिप्पणी गर्न थालेको समाचार स्रोतले जनाएको छ । समावेशी प्रतिनिधित्व नभएको भन्दै उद्योग वाणिज्य संघको समिति विवादित हुँदै आएको छ । सपथ ग्रहण कार्यक्रममा सरिक हुन आएका मधेश प्रदेशका महिला, बालबालिका  मन्त्री समेत कार्यक्रममा सरोकारवालाको उपस्थिति र महिला सहभागिता शुन्य देखेर जिल्ल परेको श्रोतले जनाएको छ । नव निर्वाचित पदाधिकारी बाहेक अन्य कोही नदेखेपछि प्रमुख अथिति समेत रहेका मन्त्री वीरेन्द्र सिंह कार्यक्रममा नै निदाएपछि आयोजक माथि अनेक टीका टिप्पणी चल्दै आएको छ ।