प्राइम खबर संबाददाता | साउन ३१, २०७९ मंगलबार

 निर्माण व्यवसायी संघ, रौतहटको अध्यक्षमा ई. कृष्णदेव यादव निर्वाचित भएका छन् । यादबले राजदेवी नगरपालिकाका पूर्वमेयर समेत रहेका निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई संघको सातौ साधारण सभामा भएको निर्वाचनमा १२ मतले पराजित गर्दै  अध्यक्षमा निर्वाचित भएका हुन् ।

तिब्र प्रतिस्पर्धा रहेको  संघको निर्बाचनमा यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् । 
संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमशः पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।
सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश यादव, सवीन्द्र नारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजितकुमार गिरी, मुरलीधर यादव, मोहम्द मनिर शेख निर्वाचित भएको निर्वाचन अधिकृत छोटेलाल दासले बताए ।