प्राइम खबर संबाददाता | फागुन ९, २०७७ आइतबार

रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न मेयर कप राष्ट्रिय कराँते प्रतियोगितामा सुदुर पश्चिम प्रदेशले चार स्वर्ण पदक सहित टिम च्याम्पियन बन्न सफल भएको छ । प्रतियोगितामा तीन स्वर्ण पदक सहित प्रदेश नं २ द्धितिय र एक स्वर्ण सहित प्रदेश नं १ तृतीय हुन सफल भएको छ ।
हरेक तौल समुहमा प्रथम हुने खेलाडीले नगद तीनहजार दोस्रो हुने खेलाडीले नगद दुईहजार र तेस्रो हुने खेलाडीले नगद एकहजार हात पारेका थिए । चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिताको २५ किलो तौल समुहमा सुदुर पश्चिम प्रदेशका सोनाम तामाङ प्रथम भएका थिए  भने सोही तौल समुहमा गण्डकी प्रदेशका रोमन नेपाली द्धितिय र बागमती प्रदेशका बिजय थापा मगर र प्रदेश नं १ का मिण्डे शेर्पा तृतीय हुन सफल भएका थिए । ३० किलो तौल समुहमा सुदुर पश्चिम प्रदेशका संन्देश लामा प्रथम ,गण्डकी प्रदेशका संदिप रुचाल द्धितिय  र बागमती प्रदेशका अंकित गुरुङ्ग तृतीय हुन सफल भएका थिए  । ३५ किलो तौल समुहमा सुदुर पश्चिम प्रदेशका राकेश मानन्धर प्रथम प्रदेश नं २ का मनिष मगर द्धितिय र दिछान्त गुरुङ आयोजक र मनिष कार्की लुम्बीनी प्रदेशका तृतीय भएका थिए । ४० किलो तौल समुहमा सुदुर पश्चिम प्रदेशका सुनिल ठगुन्ना प्रथम बागमती प्रदेशका अमृत कुमाल द्धितिय र लुम्बीनी प्रदेशका अनिष सापकोटा र कर्णाली प्रदेशका बिनोद सला तृतीय भएका छन् । ४५ किलो तौल समुहमा बागमती प्रदेशका रोषन खाती प्रथम सुदुर पश्चिम प्रदेशका साजन भुजेल द्धितिय र कर्णाली प्रदेशका कमल बुढा एबम् गण्डकी प्रदेशका लक्ष्मण पुन तृतीय भएका छन् । ५० किलो तौल समुहमा प्रदेश नं १ का धनकुमार राई प्रथम बागमती प्रदेशका संजित तामाङ दोस्रो र प्रदेश नं २ का बिसाल सिंह ,गण्डकी प्रदेशका अभिषेख कुमाल तृतीय भएका छन् ।
५५ किलो तौल समुहमा बागमती प्रदेशका सुबिन खत्रि प्रथम लुम्बीनी प्रदेशका प्रलाद पाण्डे द्धितिय कर्णाली प्रदेशका  प्रकाश सलामी मगर र प्रदेश नं २ का मुकेश मारिक तृतीय भएका थिए । ६० किलो तौल समुहमा प्रदेश नं २ का स्वतन्त्र मगर प्रथम ,प्रदेश नं १ का जेपी राई द्धितिय ,बागमती प्रदेशका सुजन मगर ,गण्डकी प्रदेशका मनोज श्रेष्ठ तृतीय भएका छन् । ६७ किलो तौल समुहमा प्रदेशनं २ का सरोज पासवान प्रथम ,प्रदेशनं १ का क्रितन राई द्धितिय ,लुम्बीनीका प्रतिक कुवर र बागमतीका रोजन ठकुरी तृतीय भएका थिए । काता तर्फ प्रदेश नंबर २ का बब्लु राईन प्रथम भएका छन् काता तर्फ कर्णाली प्रदेशका गोपाल गुरुङ्ग द्धितिय र बागमती प्रदेशका रेहन जावेद र गण्डकी प्रदेशका प्रभात पुन तृतीय भएका छन् । प्रतियोगिताको उत्कृष्ठ खेलाडी प्रदेश नं २ का स्वतन्त्र मगर घोषित भएका थिए ।
प्रतियोगितामा बिजयी खेलाडीहरुलाई चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरी ,उप प्रमुख रामरती चौधरी ,नेपाल सितोरियो कराँते संघका अध्यक्ष दावा गुरुङ लगाएतले  नगद पुरस्कर तथा मेडल प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता चन्द्रनिगाहपुर स्थित तुलसी लाल स्मृती खेल मैदानमा सम्पन्न भएको नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडले जानकारी दिए ।