सरोज अर्याल | असोज २४, २०७९ सोमबार

रौतहटका युवा पत्रकार एबम् सामाजिक अभियानया सन्तोष काफ्लेले रौतहट निर्वाचन क्षेत्र नं. ४ /१ मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आइतवार चन्द्रपुर स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । उनको दर्ता नंबर सबैभन्दा पहिलो एक नम्बरमा रहेको छ।
उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने, हआफूलाई जनताले नै उठाएका हुन, निराश जनताले आफ्नो मतको सदुपयोग गर्न वैकल्पिक माध्यम खोजिरहेको छन् ,समय को माग र आम जनताको आवश्यकतालाई मध्यनजर गर्दै मेरो उम्मेदवारी रहेको छ । जनताले उम्मेदवार बन्नुस् भनेको हो" उनले बताए । उनी भन्छन यो क्षेत्रका जनताले नै हामीलाई तपाई प्रदेश सभा सदस्य पदमा मा आउनुुस भनेको हो ।"

प्रदेश (क) मा सन्तोष काफ्लेसँगै  नेकपा एमालेका अखिलेश चौधरी, सत्ता गठबन्धनका साझा उम्मेदवारका रूपमा युवराज भट्टराई, एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठ लगायत स्वतन्त्र सहित आधा दर्जन उम्मेदवारी दर्ता गराएका छन् ।