प्राइम खबर संबाददाता | मंसिर ९, २०७९ शुक्रबार
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल निर्वाचित भएका छन् । पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले पराजित गरेका हुन् ।
विष्णु पौडेलले २७ हजार १४८ मत प्राप्त गर्दै गर्दा निकटतम स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गरे ।