सन्तोष काफ्ले | मंसिर २२, २०७९ बिहिबार

नेपाली काङ्ग्रेसका क्षेत्र नम्बर ४ बाट निर्वाचित बिकास प्रेमी प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिनाले समनपुर बागमती पुल देखि समनपुर जाने सडकको शिलान्यास गरेका छन्। 


 बिहीबार गढीमाई नगरपालिकाको समनपुरमा आयोजित सडक सिलान्यास कार्यक्रममा उनले आफ्नो निर्वाचन क्षेत्र नम्बर ४ को समनपुर सडकको शिलान्यास गरेका हुन्।



२५ करोड लगानीमा बन्न लागेको सो सडकको निर्माणकार्य आजबाट सुरु भएको हो। सो सडक सम्पन्न भएपछि जिल्लाको गढीमाई नगरपालिका समनपुर सडक खण्ड समेत कालोपत्र हुने जनाइएको छ।



 सगुन कन्स्ट्रक्सन प्रा.लि. निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको सो सडक असफाल्ट र डिबिएम प्रविधिको कालोपत्रे हुने बताइएको छ । सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना गढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, नगरपालिकाका प्रवक्ता वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठ, र वडा अध्यक्ष रामपुकार यादव लगायत विभिन्न पार्टीका नेता कार्यकर्ता लगायत स्थानीयको समेत उपस्थिति रहेको स्थानीय राजु सहनीले बताएका छन्।

​​​​