सन्तोष काफ्ले | मंसिर २३, २०७९ शुक्रबार
रौतहट जिल्लाको बृदाबन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको बताएका छन् ।
शुक्रबार नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलन आयोजना गरि नगरप्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुदा विकाश निर्माणका कार्यहरू समेत प्रभावित हुन पुगेको आरोप लगाएका छन् ।
चालु आर्थिक वर्षको लागि छुट्याएको २५ करोड रकम मध्ये ३ करोड निजी रुपमा संचालन गर्नको लागि माग गर्दा बिकाशको योजना संचालन बाहेक रकम भागबण्डा गर्न नसकिने जवाव दिएपछि उपप्रमुख रामले सामाजिक संजाल मार्फत मिथ्या आरोप लगाउने कार्य गरेको प्रति आक्रोशित बनेका छन् ।
उनले भने "न्यायिक समिति संचालन गर्नको लागि रकम, कर्मचारी, भवनको व्यवस्था गरेको छु आफै नगरपालिका आउदैन, नगरपालिका को बिषयगत समितिका जिम्मेवारी पाएका उपप्रमुख रामले अहिले सम्म कुनै बैठकमा उपस्थित समेत भएका छैनन्" उनको कारण बजेट संचालन समस्या उत्पन्न भै रहेको उनको आरोप रहेको छ।
पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दावी गर्दै निर्वाचनको बेला जनतासामु गरेको बाचा पुरागर्न एक इन्च पनि पछि नहट्ने ठोकुवा गरे ।
भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने उपप्रमुखको उदेश्य कुनै हालतमा पुरा नहुन दिने अडान दोहर्याउदै मेयर कुर्मीले उपप्रमुख कार्यालय नआए कानुन बमोजिम अर्को विकल्प रोज्ने चेतावनी दिएका छन् ।
राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख तीन करोडको माग कुनै पनि हालतमा पुरा गर्न सकिदैन बरु राजिनामा दिने उनी बताउँछन्। उपप्रमुख बैठकमा सहभागी नहुदा बागमती नदीको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यन्वयन गर्न कठिनाई भएको उहाको भनाइ रहेको छ ।
नगरप्रमुख कुर्मीले उपप्रमुखको श्रीमान अरुण रामले गाडी मर्मतको नाममा ११ लाख रकम माग गरेको र सो रकम उपलब्ध नगराउँदा गलत आरोप लगाउने गरेको बताउदै उपप्रमुखबाट आफु स्वयम पिडित भएको उल्लेख गरेका छन् ।
१ करोड ५० लाख शिक्षा, १ करोड स्वास्थ्य,१ करोड कृषि तथा ८० लाखको दरले वडा स्तरीय बजेट विनियोजन गरिएको जानकारी दिदै मेयर कुर्मीले निष्पक्ष, निस्वार्थ रुपमा जनताको लागि काम गर्ने भ्रस्टाचार नगर्ने समेत उनी बताउँछन् ।