एजेन्सी | साउन ८, २०८० सोमबार

 चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटरले आफ्नो लोगो परिवर्तन गरेको छ । निलो चरालाई प्रतिस्थापन अंग्रेजी अक्षर ‘एक्स’ ले प्रतिस्थापन गरेको हो । ट्विटरका प्रमुख एलन मस्कले आफू चराबाट मुक्त हुन चाहेका थिए । त्यसलगत्तै सोमबार बिहान ट्विटरका कार्यकारी प्रमुख लिन्डा याकारिनोले नयाँ लोगो सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘एक्स इज हियर, लेट्स डु दिस ।’ मस्कले पनि आफ्नो प्रोफाइल पिक्चरमा नयाँ लोगो राखेका छन् र आफ्नो ट्विटर बायोमा ‘एक्स डट कम’ थपेका छन् । समाचारहरुमा जनाइएअनुसार उनी ‘एक्स’ नामको सुपर एप’ बनाउन चाहन्छन् । आफ्नो विजनेसको नाम फेरेर एक्स कर्प राखेका मस्कले यो परिवर्तन धेरै पहिला नै हुनुपर्ने बताएका छन् । ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरुको राम्रो रेस्पोन्स भने पाइरहेको छैन । धेरैले मस्क आएपछि ट्विटरमा जथाभावि परिवर्तन गरिरहेको भन्दै आलोचना गरेका छन् ।