न्यूज डेस्क | बैशाख ११, २०८१ मंगलबार

रौतहटको चन्द्रपुर ५ मा अवस्थित चन्द्रनिगाहपुर अस्पताल नजिक ब्लड बैक स्थापना हुने भएको छ  । 

नगरपालिकाको स्वामित्वमा रहेको निर्माणाधिन भवनमा सोमबार रक्त संकलन केन्द्रको लागि आवश्यक भबन निर्माण कार्यको थालनी गरिएको हो । 



चन्द्रपुर नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटी उपशाखा चन्द्रनिगाहपुरले उक्त भबन निर्माण कार्यको जिम्मेवारी समेत पाएको छ । 

चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय कुमार काफलेले भबन निर्माणको लागि सिलान्यास गर्दै चन्द्रपुर नगरपालिकामा ब्लड बैकको आबश्यकता लाई मध्यनजर गर्दै भबन निर्माणको लागि बजेट विनियोजन गरिएको बताए  । उनका अनुसार रगतको अभाबमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस भन्नका लागि परोपकारी कार्य स्वरुप ब्लड बैक स्थापना गर्न भबन निर्माण थालिएको हो । 

  भबन निर्माण कार्य समयमै सम्पन्न गरी ब्लड बैक संचालनमा ल्याएमा यस भेग लगायत छिमेकी जिल्लाका आकस्मिक रुपमा रगत चाहिँदा सहज उपलब्ध हुने समेत उनले बताए ।

नेपाल रेडक्रस सोसाईटी उपशाखा चन्द्रनिगाहपुरका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले मानबीय सेबा कार्य अन्तर्गत ब्लड बैक स्थापना र चाडै संचालन गर्न चन्द्रपुर नगरपालिकाको सहयोग रहेको बताएका छन्  । 

चन्द्रपुर नगरपालिका वडानम्बर ५ का वडा प्रमुख नीलहरी कोईरालाले चन्द्रपुरमा रगतको आबश्यक्ता बढदै गएको अबस्थामा रेडक्रसले ब्लड बैकको लागि कार्य थालनी गर्नु सकारात्मक  बिषय रहेको बताए । उक्त भवन १७ लाख ७८ हजारको लागतमा निर्माण हुन लागेको समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले बताए।