न्यूज डेस्क | बैशाख १६, २०८१ आइतबार

शनिबार भएको इलाम– २ को उपचुनावको मतगणना जारी छ । जिल्लाको फाकफोकथुम गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिँदा नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । उनले ३ सय ४५ मतको अग्रता बनाएका हुन् । सो गाउँपालिकाको १, २ र ३ वडामा उनी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा पछि थिए । तर, ४ नम्बरको मतगणना सकिँदा एमालेले अग्रता लिएको छ ।


वडा नम्बर ४ को समेत गणना सकिँदा एमालेको २, ५४२ मत पाएको छ भने कांग्रेसको २१९७ मत छ । त्यस्तै स्वतन्त्र उम्मेदवार डाकेन्द्र थेगिमले ५९३ र रास्वपाका मिलन लिम्बुले ३७९ मत पाएका छन् । अहिले फाकफोकथुमनको वडा नम्बर ५ को मतगणना जारी छ ।