न्यूज डेस्क | बैशाख १८, २०८१ मंगलबार

बारबर्दिया नगरपालिका–१ स्थित बूढीखोलामा राँगालाई आहालमा लगेका बेला बाघले आक्रमण गर्दा एक जना घाइते भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएको बाघको आक्रमणमा सोही ठाउँका ३८ वर्षीय राजकुमार थारु घाइते भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डिएसपी तुल्सीराम अर्यालका अनुसार घाइते थारुलाई उपचार्थ भेरी अस्पताल नेपालगन्ज लगिएको छ । उनी खतरामुक्त रहेको डीएसपी अर्यालले जनाए ।