न्यूज डेस्क | बैशाख २०, २०८१ बिहिबार

नेपाल पत्रकार महासंघको निर्बाचन आगामी जेठ १९ गतेका लागी तोकिएको छ । बिहिबार बसेको महासंघको केन्द्रिय समितिको बैठकले  संघ, प्रदेश र जिल्लाका समितिको मतपेटिका प्रत्येक शाखामा राखेर यस अघि झै बिधान बमोजिम प्रत्यक्ष निर्बाचन प्रणाली मार्फत देशैभर एकैदिन निर्बाचन गर्ने  निर्णय गरेको हो । बैठकले सदस्यता बैशाख मसान्तभित्र शुद्धीकरण  समिति र संगठन समितिले टुङगो लगाउने निर्णय समेत गरेको छ भने शुक्रबारका लागी महाधिबेशनमा पेश हुने महासचिबको सांगठनिक र कोषाध्यक्षको आर्थिक प्रतिबेदन पारित गरेको छ ।