न्यूज डेस्क | बैशाख २६, २०८१ बुधबार

इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे समक्ष नेम्वाङले सांसद पदको शपथ लिएका हुन् ।
वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेम्वाङले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरेका थिए ।