प्राइम खबर संबाददाता | माघ ६, २०७९ शुक्रबार

रौतहट प्रहरीले बालक हत्या गरेको आरोपमा २ जनालाइ पक्राउ गरेको छ । प्रहरीले ४१ दिनको अनुसन्धान पश्चात बालकलाई हत्या गर्ने दुई जना अभियुक्तलाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जिल्लाको माधवनारायण नगरपालिका वाड नं. ८ पिप्राराजवाडा बस्ने जयकिशोर प्रसाद कुशवाहाको ९ बर्षिय छोरा आशनारायण प्रसाद कुशवाहाको हत्याको आरोपमा सोही गाउका संजय राम र जयराम महतो कोइरीलाइ पक्राउ गरी सार्वजनिक गरेको हो ।

गत मंसिर २५ गते दिउसो ४ बजेको समयमा वेपत्ता भएका बालक कुशवाहाको गत पुस १ गते बागमती नदीमा मृत अबस्थामा भेटिएको थियो ।

प्रहरीले अनुसन्धानको क्रममा मृतकको वुवा जयकिशोर संग नातामा काका पर्ने जयराम महतो कोइरीको जग्गा सम्बन्धि पुरानो रिसिइवी रहेका थिए । सोही गाउँ बस्ने ३३ बर्षिय जयराम महतो कोइरीले आफना छिमेकी ३७ बर्षिय संजय राम संग मिलेर बालकको मुख थुनेर हत्या गरी बागमती नदीमा फालेको स्वीकारेपछि प्रहरीले दुबै जना विरुद्ध कत्र्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेपछि आज पिडकहरुलाई सार्वजनिक गरेको रौतहटका प्रहरी उपरिक्षक बिर बहादुर बुढा मगरले जानकारी दिए ।

प्रहरीलाई अभियुक्त कोइरीले दिएको वयान अनुसार बालकलाई वेपत्ता पारेकै दिन राति गाउँ बाहिर रहेको गोठमा बाँधेर मुख थुनी हत्या गरेको अभियुक्त द्धयले स्वीकारेको प्रहरीको भनाइ छ । गोठमै त्रिपालले बालकको शव छोपेर राखे । भोलीपल्ट मंसिर २६ गते राति १२ बजेको समयमा गोठबाट बालकको शव झिकेर परालको मुनी लुकाए । बालकलाई खोज्न दुबै अभियुक्तहरु उनका अभिभावक संगै दिनभरी जान्थे तर शव गनाउन थालेपछि ३० गते राति बोरामा हालेर बागमती नदीमा फालेपछि पुस १ गते शव प्रहरीले बरामद गरेको थियो ।

प्रहरीले १५ जना भन्दा बढिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दै जाँदा दुबै अभियुक्तले अपराध गरेको स्वीकार्य गरेपछि उनीहरुले दिएको आधारमा दसिप्रमाणहरु फेला परेपछि प्रहरीले बास्तविक दोषिलाई पत्ता लगाउन सफल भएको एसपी मगरले बताए ।