प्राइम खबर संबाददाता | माघ १२, २०७९ बिहिबार

मंगलबार साँझ काठमाडौं स्थित संघीय संसद भवन अगाडि पेट्रोल छर्किएर आत्मदाहा गरेका क्रान्तिकारी व्यावसायी प्रेम प्रसाद आचार्यको सम्झनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । बिहीबार साँझ चन्दनिगहपुर स्थित तीनकुने चोकमा मृतक आचार्यलाई आर्थिक सहिद घोषणाको माग गर्दै चन्द्रपुर नगर उद्योग बाणिज्य संघले दीप प्रज्वलन गरेको हो । साझ चन्द्रनिगाहपुरमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमको मौन सभालाई सम्बोधन गर्दै संघका नगर अध्यक्ष उदय नारायण सापकोटाले आचार्य लाई आर्थिक सहिद घोषणा गर्न माग गरेका थिए । चरम आर्थिक संकट र देशमा बढ्दै गएको बेरोजगारीको कारण आफू समेत निकै पीडित भएको भन्दै आत्मदाह गरेका आचार्यको बुधबार कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।