प्राइम खबर संबाददाता | माघ १६, २०७९ सोमबार

सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्यार्थी संघ रौतहट जिल्ला कार्य समिति र जन ज्योति बहुमुखी क्याम्पस एकाई द्वारा चन्द्रनिगाहपुर स्थित तीनकुने चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको हो। 

सोमबार नेविसंघ जिल्ला अध्यक्ष अधिकार लामिछानेको सभापतित्वमा सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरी सहिदहरु प्रति सम्मान गर्दै सो दिवस मनाइएको नेविसंघ रौतहटले जनाएको छ। 



संघीय सांसद देव प्रसाद तिमल्सेनाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा प्रजातन्त्रको लागि आफ्नो ज्यान आहुति दिने सहिदहरुप्रति कार्यक्रममा उपस्थित विद्यार्थी लगायतले मौन धारण गरेका थिए। 

सोही अवसरमा जन ज्योति बहुमुखी क्याम्पस परिसरमा समेत नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुले दीप प्रज्वलन गरी सहिदहरु प्रति सम्मान प्रकट गरेका थिए। क्याम्पसमा भएको कार्यक्रममा विद्यार्थी नेता गोपाल हुमागाईको नेतृत्वमा सम्पन्न भएको हो।