प्राइम खबर संबाददाता | फागुन १३, २०७९ शनिबार

नेपाली चलचित्र 'प्रेम बुक’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शनिबार चन्द्रनिगाहपुर स्थित एक होटलमा औपचारिक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको १ मिनेट ३३ सेकेण्डको ट्रेलर सार्वजनिक गरेको हो ।
यो चलचित्र रिलिजको तयारी रहेको र प्रदर्शन मिति तय नभएको हुँदा प्रदर्शन मितिको तयारीमा रहेको बताइएको छ।   सार्वजनिक ट्रेलरमा चलचित्रमा शीर्ष भूमिकामा रहेका अधिकांश कलाकारहरुलाई देखाइएको छ । भरत रौनियारको निर्माण तथा ज्ञान कुमार कट्टेलको निर्देशन रहेको चलचित्र युवा पुस्ता लक्षित प्रेम कथाको जनरामा बनेको हो ।


चलचित्रमा यसै चलचित्रबाट डेब्यु गरेका भरत रौनियार, दीपिका थापा, मनिषा सापकोटा, रेशम जीएस, सब्नम चौधरी, लक्ष्मण बस्नेत,मनिषा खाती  लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै अजय चौधरी, दीपक अधिकारी, दीपा निरौला, गगन बहादुर,कमला ठकुरी  लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद भरत रौनियार ले नै लेखेका छन् ।




‘प्रेम बुक सन् २०१८ देखि नै निर्माणको सुरुवात भएको र प्रदर्शनको लागि तोकेको थियो । तर, कोरोना महामारीका कारण यो चलचित्र समयमा नै प्रदर्शन हुन सकेको थिएन । मिक्स दिया एण्ड शुभ फिल्मस् को ब्यानरमा बनेको “प्रेम बुक” प्रेमकथा, द्वन्द, संगीत र कमेडीले समेत भरिपुर्ण रहेको निर्माण पक्षको दाबी छ । रौतहट जिल्लाको विभिन्न भु भागमा छायांकन गरी प्रायः स्थानीय कलाकार एबम् नव कलाकारहरुको भरपूर अभिनय रहेको सो चलचित्रले पनि दर्शकको मन जित्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।
चलचित्रको ट्रेलर लिंक यहाँ रहेको https://youtu.be/_xPUCTyC_nw