प्राइम खबर संबाददाता | चैत ८, २०७९ बुधबार

रौतहट स्थित गरुडामा रहेको ग्राण्डी हस्पिटलमा डाक्टरको लापरबाहीकै कारण एक  शिशुको मृत्यु  भएको आरोप पीडित परिवारको रहेको छ । सो अस्पतालले एनआईसीयू मा  शिशुलाई ३ घण्टा राखेर २४ घण्टाको शुल्क लिने गरेको कुरा समेत परिवार स्रोतले बताएका छन्। रौतहट ग्राण्डी हस्पिटल एण्ड आँखा अस्पताल नामक अस्पतालमा डाक्टरको दबाबमा बच्चालाई एनआइसियूमा राखी एक दिनको शुल्क लिने दाउमा नवजात शिशुको मृत्यु भएको बताइएको छ। 

कटहरिया नगरपालिका वडा नम्वर १ का  लक्षुमण राय यादवको नवजात शिशु (छोरा) जन्मिएपश्चात शिशुको स्वास्थ्य अवस्था सुधार्न  ३ घण्टा  (बेलुकी ६ बजे देखि ८ बजे) सम्म एन.आइ.सि.यु.मा राखेर उपचार गर्दै गर्दा चिकित्सकको लापरबाही गर्दा नवजात शिशुको मृत्यु भएको परिवारको आरोप छ ।



मृतक बच्चालाई  हस्पिटलमा  ३ घण्टा राखेर एन.आइ.सि.यु.मा २४ घण्टाको पैसा तिर्न डाक्टरले दबाब दिएको र अस्पतालमा  उपचार भन्दानी पैसा असुल्न मात्र ध्यान हुनाले  लापरबाही गरिएको कारण बच्चाको मृत्यु भएको आरोप पीडितले लगाएका हुन् ।

पछिल्लो समय गरुडा लगायतका स्थानमा अस्पताल नामका पसलहरु छ्याप छ्याप्ती खुल्दा गुणस्तरीय स्वास्थ्य सेवाको अभावमा कैयन सर्व साधारणले ज्यान गुमाउन बाध्य भएका छन्।