प्राइम खबर संबाददाता | चैत १०, २०७९ शुक्रबार

पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला स्तरीय नेताहरु लगायत अगुवा कार्यकर्ताहरु समेत नेकपा एमालेमा फर्किएका छन् ।

अध्यक्ष नेपालको गृह जिल्ला स्थित रौतहटका नै जिल्लास्तरीय प्रभावशाली नेताहरु सहित तीन दर्जन नेताहरु शुक्रबार पत्रकार सम्मेलन गर्दै पुरानो घर नेकपा एमालेमा फर्किएका छन । अध्यक्ष नेपालले नेतृत्व गरेको नेकपा एसमा राजनितिक भबिष्य अन्धकार देखेपछि आफनो पुरानै घर नेकपा एमालेमा फर्किएको ति नेताहरुले बताएका हुन् ।



नेकपा एसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी समेत रहेका युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफनो तनमन सबै एमालेमै रहेको कारणले गर्दा पनि पुरानै घर प्यारो लागेर फर्किएको बताएका छन ।

घरका छोरा छोरी रिसाएर कहिलेकाही बाहिर गए जस्तै बाटो बिराएर गएकोमा आत्मसमिक्षा गरेर नै आफुले पसिना बगाएर बनाएको पुरानो पार्टीमा फर्किन पाउदा हर्षित भएको युवा नेता दाहालले बताए ।

गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन र २०७९ मंसिर ४ गते भएको संघिय तथा प्रदेश सभाको निर्वाचनमा पार्टीका अध्यक्ष माधब कुमार नेपालको भुमिका देखेर नै उनीबाट पार्टी नचल्ने निस्कर्ष निकालेर पुरानो घर नेकपा एमालेमा फर्किएको दाहालको भनाइ रहेको थियो ।

दाहाल नेकपा एसको चन्द्रपुर नगर कमिटि अध्यक्ष हुदै प्रदेश कमिटिका सदस्यको जिम्मेबारीमा थिए । युवा नेता दाहालले नेकपा एमालेमा रहदा तत्कालीन रौतहट क्षेत्र नं. ६ को दुई कार्यकाल क्षेत्रिय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन ।

यस्तै नेकपा एसको प्रदेश कमिटि सदस्य तथा नेकपा एसका पुराना नेता अमर आलेले पनि माधब नेपालको पार्टीमा कुनै पनि कार्यकर्ताको भबिष्य नदेखेको कारण पुरानै घर फर्किएको बताए ।

२०७४ सालको स्थानिय तहको निर्वाचनमा चन्द्रपुर ४ को वाड अध्यक्षमा निर्वाचित समेत रहेका आलेले आफुले मलजल गरेको नेकपा एमाले पार्टी नै भएको कारण पुरानो घर फर्किएको बताए ।

यसैगरी नेकपा एसका मधेश प्रदेशका सचिबालय सदस्य तथा गरुडाका प्रभाबशाली नेता शेख कलिमुल्लाह पनि पुरानै घर फर्किएका छन । नेकपा एसमा राजनितिक सुरक्षित नभएको र आफनो पार्टी भनेको नेकपा एमाले मात्रै जस्तो मन मस्तीकमा रहेको कारण पनि आफनो पुरानो घर फर्किएको नेता कलिमुल्लाहले बताए । नेकपा एसको भाृत संगठनका बिभिन्न तहतप्कामा रहेका नेता कलिमुल्लाहले देशमा कम्युनिष्ट पार्टी भनेको नेकपा एमाले मात्रै भएको प्रष्ट भइसकेको कारण अन्य साथीहरुलाइ पनि आफनो पुरानो घर फर्किन उनले आग्रह गरे ।

सोही कार्यक्रम माफर्त पुरानो घर नेकपा एमाले पार्टीमा फर्किनेहरुमा नेकपा एसका पुराना तथा प्रभाबशाली नेता टिका बहादुर कार्की,जिल्ला कमिटि सदस्यहरु बिनोद चौधर,राजन थापा,रामकुमार खडका,मधुसुदन धिताल,रामचन्द्र दाहाल,नागेन्द्र राउत चौरसिया,सन्नी कुमार जयसवाल,ननीपत सहनी,बलीराम सहनी,शम्भु प्रसाद गुप्ता,वनपती देबी सहनी रहेका छन ।

यस्तै नेकपा एस गरुडा नगर कमिटिका अध्यक्ष श्याम नन्दन सहनी,गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी,होस नारायण यादबब,सुरेश चौधरी,लाल बहादुर राउत,शेख अनबर,कमलकान्त मिश्र,कपिलदेब मण्डल,शेख मजहर आलम,पारस सहनी,शेख रेयाज,राम सेवक राय लगायत पुरानो पार्टी एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिएका छन ।

पुरानो घर नेकपा एमालेमा फर्किनेहरुलाइ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए ।